कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी

कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी

  • बुधबार, साउन ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

महेन्द्रनगर, ६ साउनः कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरुप वार्षिक राजस्व सङ्कलन गर्न सकेन ।

गत आर्थिक वर्ष २०८२/०८३ मा रु ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ६० करोड नौ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिनुभयो ।

“लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भयो”, सूचना अधिकृत भट्टले भन्नुभयो, “तोकिएकोमा ८७.५ प्रतिशत राजस्व जम्मा भएको छ ।” उहाँले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल सीमित समय मात्रै खुल्ने भएका कारण राजस्व सङ्कलनमा प्रभावित हुने गरेको बताउनुभयो ।

यहाँबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रिक सामान, भाँडाकुँडा, कृषि सामग्रीलगायतका वस्तु आयात र अदुवालगायतका मालसमान भारत निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ