छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

  • बुधबार, साउन ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

जनकपुरधाम, ६ साउनः बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन भएको हो । आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ रु दुई अर्ब छ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।

यस्तै ब्याजकरतर्फ रु सात करोड ७८ लाख तीन हजार, बहालकरतर्फ रु पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले बताउनुभयो ।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा रु चार अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब ९० करोड सङ्कलन गरेको थियो । प्रमुख गुप्ताका अनुसार आव २०८२/८३ मा रु छ अर्ब ८५ करोड ७२ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन् ।

करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ