कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

  • मङ्लबार, साउन ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, ५ साउनः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तरराष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

भेटका अवसरमा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ तुल्याउने विषय छलफल भएको मन्त्रालयले जनाएको छ ।

उहाँहरूबीच दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।

निर्देशक याङले नेपाललाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आगामी कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तरराष्ट्रिय कार्यक्रम तथा सङ्गठनको मुख्यालयमा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ