एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

  • सोमवार, साउन ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

चितवन, ४ साउनः गत आर्थिक वर्ष २०८२÷८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो ।

सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपािलकाका रहेको निकुञ्जले जनाएको छ ।

अघिल्लो आव २०८१÷८२ मा १३ जना र आर्थिक वर्ष २०८०÷८१ मा ११ जनाको जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको थियो । निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्ला पर्दछ । मध्यवर्तीको ठूलो भूभाग चितवनमा पर्ने भएकाले बढी जोखिम यहाँकै बासिन्दा पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति रु १० लाख राहत उपलव्ध गराउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ