तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण

तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण

  • शनिबार, साउन २, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

दाङ, २ साउनः तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरेको छ । विधान समितिका संयोजक भीमबहादुर कँुवर योगीका अनुसार विसं २०७५ देखि २०८३ असारसम्म यी कानुन पारित भएका हुन् ।

नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरको सेवा प्रवाहलाई व्यवस्थित, कानुनसम्मत र विश्वसनीय बनाउन यी कानुन निर्माण गरिएको संयोजक योगीले बताउनुभयो । उहाँका अनुसार ८९ वटा कार्यविधि रहेका छन्, भने ४१ वटा ऐन र पाँच वटा नियमावली पारित गरिएका छन् । साथै उपमहानगरपालिकाले नौ वटा मापदण्ड, चार वटा निर्देशिका, तीन वटा कार्ययोजना र नीति, रणनीति तथा योजना/मार्गदर्शनतर्फ एक÷एक वटा कानुन निर्माण गरी कार्यान्वयन गरेको उहाँले जानकारी दिनुभयो ।

विधान समितिले विधानको आवश्यकता पहिचान गर्ने, सरोकार भएका निकायसँग छलफल गर्ने र मस्यौदा निर्माण गरी कार्यपालिका तथा नगरसभाबाट स्वीकृत गराउने प्रक्रियालाई निरन्तरता दिँदै आएको संयोजक योगीले उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्लो समय २०८२ मा ढुङ्गा दर्ता तथा व्यवस्थापन, पशु सेवा कार्यक्रम सञ्चालन, घर बहाल कर व्यवस्थापन, लागत साझेदारी आयोजना सञ्चालनलगायत कार्यविधिहरू नगरसभाबाट पारित गरिएको छ ।

यसैगरी उपभोक्ता समिति गठन र वारुणयन्त्र व्यवस्थापनसम्बन्धी कार्यविधि पनि कार्यान्वयनमा आइसकेका छन् । स्थानीय सरकारको सेवालाई अझ बढी छिटो र प्रभावकारी बनाउन आर्थिक सहायता, सञ्चार, दूध उत्पादनमा आधारित अनुदान, खेलकुद विकास र तुलसीपुर बहुउद्देश्यीय कम्प्लेक्स भवन सञ्चालनलगायत थप पाँच वटा कानुन हाल मस्यौदा निर्माण र छलफलको चरणमा रहेका संयोजक योगीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ