धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

  • शनिबार, साउन २, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

जनकपुरधाम, २ साउनः विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक सातामा १२५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार गत असार २५ देखि साउन १ गतेसम्मको अवधिमा कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १२५ जना प्रतिवादी पक्राउ परेका हुन् ।

उहाँका अनुसार असार २५ गते १०, असार २६ गते २६, असार २८ गते २२, असार २९ गते २८, असार ३० गते १४, असार ३१ गते १४ र साउन १ गते ११ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

धनुषा प्रहरीले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ