सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

  • शनिबार, साउन २, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ, २ साउनः ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ ६८८ हप्ताअघिदेखि जारी वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गल पुलमुनिको वाग्मती किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । सफाइका क्रममा उठाइएको साढे तीन मेट्रिक टन नकुहिने फोहर महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको हो ।

सफाइमा काठमाडौँ महानगरपालिका-११ का वडाध्यक्ष हीरालाल तन्डुकार, वडा नं ९ का वडासदस्य टेकराज अधिकारी, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सहभागिता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान अहिलेसम्म जारी छ । सफाइ महाअभियान सुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा अभियानकर्मी वाग्मती नदी किनारमा उपस्थित भएर सफाइ गर्दै आएका छन् । साउने झरी, गर्मी, जाडो, दसैँ, तिहारजस्ता ठूला चाडपर्व, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियानले निरन्तरता पाउँदै आएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

अर्को हप्ताको सफाइ कार्यक्रम पनि यसै स्थानमा हुने सफाइ महाअभियानले जनाएको छ । महाअभियानबाट प्रभावित भएर राजधानीका सबै नदी, चक्रपथका विभिन्न खण्ड र सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । यसैगरी राजधानी बाहिरका मुख्यमुख्य सहरका साथै ठूला नदी सभ्यतास्थलमा पनि सफाइ अभियान सञ्चालन भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशभरका १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ