पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा

पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा

  • शनिबार, साउन २, २०८३
  • मिर्मिरे अनलाइन

  • 969
    SHARES

काठमाडौँ । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन आधार प्रस्तुत गर्दै पौडेललाई थुनामा राख्न वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले पौडेललाई धरौटी नमाकिकन तारेखमा रिहा गर्ने आदेश भएको जानकारी दिए । अब बाहिर बसेर पौडेलले मुद्दा लड्नेछन् ।

अदालतले बिचाैलिया भनिएका दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा त्यसबाट कुनै सम्पत्ति वा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ