नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

  • शुक्रबार, साउन १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, १ साउनः सूचना तथा सञ्चार मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गत अघि सारेको १० बुँदे सुधारात्मक कार्ययोजनाअनुसार नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ ।

डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार टेलिकमले उक्त सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो । अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधिमार्फत सिम बुझ्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

सञ्चार मन्त्रालयले अघि सारेको सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ । सोहीअनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण र सेवाग्राही केन्द्रित सेवा विस्तारका कार्यक्रम अघि बढाएको जनाएको छ ।

कार्ययोजनाअन्तर्गत एकपटक मात्रै ग्राहक विवरण दर्ता गर्ने व्यवस्था लागू गर्ने, विद्युतीय सिम वितरण, हराएको सिम पुनःप्राप्ति, गुनासो व्यवस्थापन तथा स्वामित्व हस्तान्तरणलगायत सेवालाई क्रमशः पूर्णरूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी गरिएको छ ।

नेपाल टेलिकमका सबै कार्यालयमा एकल सेवा सहायता कक्ष स्थापना गर्ने, चौथो पुस्ताको मोबाइल सेवाको गुणस्तर सुधार गर्ने तथा डाटा सकिएपछि स्वतः मौज्दात रकम कट्ने व्यवस्था हटाउनेलगायतका सुधारका कार्यक्रम कार्ययोजनामा समावेश छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ