युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल

युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल

  • शुक्रबार, साउन १, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौँ, १ साउनः युवा, श्रम तथा रोजगार मन्त्रालयमा ‘युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आज छलफल भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गरिएको छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल युथ क्लब, युवा वकालत नेपाललगायत युवाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

मन्त्री यादवले युवाहरूका क्षेत्रमा यसअघि भएका प्रभावकारी कामलाई मध्यनजर गर्दै विगतमा नेपालले गरेका सकारात्मक विषयलाई विधेयकमा सम्बोधन गरिने बताउनुभयो । उहाँका अनुसार युवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न छलफल सुरु गरेको हो ।

छलफलमा मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, मन्त्रालयका सहसचिवहरू बाबुराम भण्डारी, मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे, नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायत व्यक्तित्वको उपस्थिति थियो ।

छलफलमा सहभागीहरूले युवाले विभिन्न क्षेत्रमा गरेका कामको मूल्याङ्कन गर्दै सम्मानजनक उपस्थितिका लागि ऐनमा ती विषय समेटिनुपर्ने, अन्य देशहरूले युवाको क्षेत्रमा गरेका सकारात्मक कदमलाई पनि समेट्नुपर्ने सुझाव राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ