राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले झनै राम्रो भएको छः गभर्नर पौडेल

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले झनै राम्रो भएको छः गभर्नर पौडेल

  • शुक्रबार, साउन १, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

काठमाडौँ, १ साउनः नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीमा कुनै अप्ठ्यारो नपारेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको अर्थसमितिले आज सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई अप्ठ्यारोभन्दा झनै राम्रो गराइरहेको स्पष्ट पार्नुभएको छ ।

“नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीलाई झनै राम्रो बनाइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म हाम्रो अनुभवमा अर्थसचिवको सञ्चालक समितिमा भएको उपस्थितिले हस्तक्षेप भएको हामीले पाएका छैनौँ ।”

गभर्नर पौडेलले राष्ट्र बैंकको काम कारबाही गर्न र सञ्चार गर्नका लागि भने झनै सरल भएको अनुभव गरेको बताउनुभयो । नेपाल राष्ट्र बैंकको काम कारबाहीमा नेपाल सरकारको स्वीकृति लिनका लागि सहज भएको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ