साउने सङ्क्रान्ति आज बाट

साउने सङ्क्रान्ति आज बाट

  • शुक्रबार, साउन १, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ ।

साउने सङ्क्रान्तिकै दिन सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुने धार्मिक मान्यता रहिआएको छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई धर्मिक महिनाको रुपमा पुजाआजा गर्ने परम्परा छ ।

यसै गरि असार महिनाभर खेतबारीमा हिलोमैलोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न वा मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने परम्परा रहिआएको छ ।

यस अवसरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गर्दै अगुल्टो फाल्ने चलन छ ।

लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने तथा घरका ढोका बन्द गर्ने प्रचलन पनि विभिन्न समुदायमा कायम छ । असारभरि कृषि कर्ममा व्यस्त रहेका किसानहरू यस दिन परिवार र आफन्तसँग भेला भएर रमाइलो गर्ने परम्परा पनि रहेको छ।

साउन महिनालाई भगवान् शिवको आराधनाको विशेष महिना मानिन्छ । यस महिनाभर महिलाहरूले हरियो चुरा, पोते र हरियो–रातो पहिरन लगाउने चलन छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ