पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न आदेश

पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न आदेश

  • बिहिबार, असार ३२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ, ३२ असारः सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज पूर्वसांसद कोइरीलाई कानुनसम्मत रुपमा थुनामा राख्नुपर्ने नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । पूर्वसांसद कोइरीका छोरा मनोजकुमार महतोले गैरकानुनीरुपमा थुनामा राखेको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो ।

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद कोइरीलाई यही असार १८ गते पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ