फिफा विश्वकप-२०२६: इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश

फिफा विश्वकप-२०२६: इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश

  • बिहिबार, असार ३२, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असार ३१, काठमाडाैं । दाेस्राे हाफकाे ८० ओैं मिनेटसम्म एक गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै जारी फिफा विश्वकप – २०२६ काे फाइनलमा प्रवेश गरेकाे छ ।

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । दुवै गाेल क्याप्टेन लियाेनल मेसीकाे पासमा भएकाे हाे । खेल निकै राेचक रह्याे ।

खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टाेलीलाई अग्रता दिएपनि साविक विश्व विजेता अर्जेन्टिनासँग टिक्न सकेन । अन्ततः २-१ गाेल अन्तरले इंग्ल्यान्ड हार्न पुग्याे । अब इंग्ल्यान्डले तेस्राे स्थानका लागि फ्रान्ससँग भिड्नेछ भने अर्जेन्टिना फाइनलमा स्पेनसँग भिड्नेछ ।
मेसीले हालसम्म विश्वकपमा सर्वाधिक ३३ खेल खेल्दै २१ गोल र ११ असिस्टको नयाँ कीर्तिमान कायम गरेका छन् । याेसँगै उनी गाेल्डेन बुटका दाबेदार बनेका छन् ।

यस्तै ३९ वर्षीय मेसीले उनले विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने र नकआउट चरणमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी