केएमसी अस्पतालमा सिटीस्क्यान मेशिन बिग्य्राबिग्य्रै, आईसीयू र हाईकेयरका बिरामीलाई अनावश्यक खर्चकाे भार

केएमसी अस्पतालमा सिटीस्क्यान मेशिन बिग्य्राबिग्य्रै, आईसीयू र हाईकेयरका बिरामीलाई अनावश्यक खर्चकाे भार

  • बुधबार, असार ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

असार ३१, काठमाडाैं । सिनामंगलस्थित काठमाडाैं मेडिक लकलेज (केएमसी) अस्पतालकाे सिटी स्क्यान मेशिन पटकपटक बिग्रिने र समयमै मर्मत नगर्दा सेवाग्राही (बिरामी) मारमा पर्ने क्रम राेकिएकाे छैन । हिजाे मंगलबार बिग्रिएकाे मेशिन अझै बनाइएकाे छैन । यसबाट सिटीका सेवाग्राही उपचारबाट वञ्चित भएका छन् ।

बनाउन भारबाट प्राविधिक झिकाइएकाे अस्पतालकाे दाबी । सामान्य बिरामीलाई सिटी गराउन भक्तपुरकाे दुवाकाेटस्थित अस्पतालकाे शाखा पठाउने गरिएपनि आईसीयू र हाईकेयरका गम्भीर अवस्थाका बिरामीकाेकाे उपचार प्रणालीमा समस्या परेकाे छ । चिकित्सकले बिरामीकाे सिटी गर्न लेखिदिए पनि प्रशासनले मेशिन बनाउन वास्ता नगर्दा बिरामी मारमा परेका छन् । हाईकेयर र आईसियूका कतिपय बिरामी तत्काल सिटी गरी ओैषधिकाे मात्रा मिलाउनु पर्ने र कुनैलाई डिस्चार्ज गर्नुपर्ने अवस्थाका रहेका स्राेतले बतायाे । उनीहरूलाई दुवाकाेट पठाउन जाेखिम रहेकाले त्यतिकै राखिराखेकाे बताइएकाे ।

स्राेतका अनुसार मेशिन आजै बनिहाले पनि भाेलि बिहीबार डेमाे परीक्षण हुन सक्ने र पर्सि शुक्रबारसरदेखि नियमित सिटी हुनसक्ने बताए । यसबाट डिस्चार्ज प्रक्रियाका बिरामीलाई आईसीयूमा दैनिक ८,००० हाईकेयरमा ४००० बेड चार्ज थपिरहेकाे छ । अस्पतालकाे गैरजिम्मेवार व्यवहारले सेवाग्राही मार खेप्न विवश भइरहेकाे स्राेतले जनायाे । मेशिन समयमै बनाउन प्रशासनबाट चरम लापरवाही हुँदै आएकाे बतायाे ।

स्मरण रहाेस्, यसअघि फागुनयता सिटी मेशिन पटकपटक बिग्रिएकाे र सेवाग्राही अनावश्यक खर्च र तनाव व्यहाेर्न बाध्य भएकाे जनाइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी