सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने

सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौँ, २९ असारः सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ । बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमवासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुमवासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी सोहीअनुसारको सीप विकास तथा रोजगार कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

“यस कार्यक्रमले युवालाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्नेछ”, मन्त्री यादवले भन्नुभयो । यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यसअन्तर्गत शाखाले गृहकार्य गरिरहेका छन् ।

सुकुमवासी युवालाई लक्षित गरेर सीप, क्षमता विकास तथा रोजगारीसँग जोडिने कार्यक्रम सञ्चालन गर्नेगरी मन्त्रालयले सघन रूपमा काम गरिरहेको श्रम मन्त्री यादवको भनाइ छ । सुकुमवासीको हकमा तालिमको आवश्यकता पहिचान (ट्रेनिङ निड एसेस्मेन्ट) का आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ । आइतबार श्रममन्त्री यादवसहित मन्त्रीहरूको टोली सुकुमवासीका गुनासो सुन्न र समस्या समाधान गर्न भक्तपुरको खरिपाटी र बोडेमा रहेको होल्डिङ सेन्टर पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ