त्रिभुवन, भीमफेदी, कुलेखानी र कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक

त्रिभुवन, भीमफेदी, कुलेखानी र कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

मकवानपुर २९ असारः मकवानपुरको विभिन्न गाउँपालिका क्षेत्रमा आज दिनभर अविरल वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो जानसक्ने सम्भावना बढेको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा त्रिभुवन राजपथको दामन-पालुङ हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारकासवारीसाधनलाई आज साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

हेटौँडास्थित चौकीटोलबाट जिल्ला प्रहरी कार्यालयद्वारा खटिएको प्रहरी टोलीले आज साँझ ५ः०० बजेदेखि काठमाडौँ र भीमफेदीतर्फ जाने सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राजजोशीले राससलाई जानकारी दिनुभयो ।

हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोक पथका लागि पनि जिल्ला प्रशासन कार्यालयले प्रत्येक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्मका लागि सबै प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । स्थानीय चौघडाबाट प्रहरीको समन्वयमा सवारी सञ्चालनमा रोक लगाइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ