बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

ढोरपाटन (बागलुङ), २९ : बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ एक गाउँदेखि अर्को गाउँ पुग्न थुप्रै पहाड र खोला पार गर्नुपर्छ । हिउँदको समयमा जसोतसो आवतजावत गरे पनि बर्खाको समयमा कठिन हुन्छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालय पुग्न घण्टौँ लाग्छ । बर्खाको समयमा विभिन्न खोलाहरुमा पुल नबन्दा नागरिकले सास्ती खेप्दै आएका छन् ।

गाउँपालिकाले बाह्रै महिना सवारीसधान सञ्चालन गर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर ठाउँठाउँमा पुल तथा कल्भर्ट निर्माण गरे पनि अझै धेरै स्थानमा बनाउन बाँकी छ । पालिकाले यसवर्ष मात्रै छ वटा खोलामा कल्र्भट र पक्की पुल निर्माण गरेको छ । तर अझै पनि वडा नम्बर ३, ४ र ६ वडामा वर्खामा पालिका केन्द्रबाट सिधा यातायात सञ्चालन हुँदैनन् ।

रु एक करोड ७० लाख खर्चे घट्टबोघाट, सिङ्खोलाघाट, नुनथला घाट, पात्लेखोलामा दुई वटा र सेर्माघाटमा एउटा पुल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । पालिकाका छ वटै वडामा बाह्रै महिना यातायात संचालनका लागि अझै पाँच स्थानमा पुल निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढामगरका अनुसार चालु आर्थिक वर्षमा पुल बनेपछि वडा नम्बर ५ खुङ्खानीमा बाह्रै महिना सवारीसाधान चल्न सक्ने भएको छ । वडा नम्बर ६ को नर्जाखानी पुग्न बागमानघाट, वडा नम्बर ३ को तमान र वडा नम्बर ४ को लाम्मेला पुग्न धोमैघाट पुल बनाउनुपर्ने अध्यक्ष बुढामगरले बताउनुभयो ।

तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालयसम्म आउनका लागि छ स्थानमा पुल तर्नुपर्ने बताउनुभयो ।

अहिलेसम्म छ वटामध्ये हालसम्म पाँच स्थानमा पुल तथा कल्भर्ट बनेको भन्दै अब बागमानघाटमा पुल बन्यो भने बाह्रै महिना सहज रुपमा पालिका पुग्न सकिने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ