हराएका ५१ दुईपाङ्ग्रेस सवारीसाधन फिर्ता

हराएका ५१ दुईपाङ्ग्रेस सवारीसाधन फिर्ता

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

काठमाडौँ, २९ असारः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधनधनीलाई हस्तान्तरण गरेको छ ।

कार्यालयले एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आज आयोजित कार्यक्रममा सम्बन्धित सवारीसाधनधनीलाई बुझाएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले हराएका तथा चोरी भएका सवारीसाधन खोजीलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले सवारीधनीलाई आफ्ना सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गर्नुभयो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधनको सुरक्षामा सवारीधनीकै भूमिका महत्वपूर्ण हुने भएकाले जीपीएस प्रणाली जडान, सुरक्षित पार्किङस्थल प्रयोग र आवश्यक सावधानी अपनाउने चोरी तथा हराउने घटना कम गर्न सकिने बताउनुभयो ।

ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ