भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

भक्तपुर, २९ असारः जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा प्रदेशमन्त्री थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउनुभयो । उहाँले भक्तपुर अस्पतालमा मुटुरोग सेवा विस्तार, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि रु १५ करोड बजेट विनियोजन, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट छुट्याइएको जानकारी दिनुभयो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले भक्तपुर अस्पताल मुलुककै उत्कृष्ट अस्पतालका रुपमा स्थापित भएको बताउनुभयो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणाले हरेक वर्ष बाल मृत्युदरमा करिब ८० प्रतिशतले घटेकाले यसको दिगोपना कायम राख्नु ठूलो जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लामा जन्मेदेखि १६ महिनासम्मका पाँच हजार ५० बालबालिका तथा १६ महिनादेखि २३ महिनासम्मका पाँच हजार ६८४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको जानकारी दिनुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणासँगै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ