तीनवटा मिडिया कार्यालयअगाडि एकै साथ् शंकास्पद गाडी पार्किङ

तीनवटा मिडिया कार्यालयअगाडि एकै साथ् शंकास्पद गाडी पार्किङ

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौं । काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ ।

अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशमा अवरोध हुने गरी एकै समयमा उस्तै तरिकाले गाडी पार्किङ गरिएको पाइएको हो ।

शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका छन् ।

पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।

यसै गरि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनामनगरस्थित भाटभटेनी र कान्तिपुर पब्लिकेसन अगाडि पार्क गरिएका गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिएका छन्
।
उनका अनुसार प्रहरीले गाडीभित्र कुनै सुरक्षा जोखिम हुने वस्तु भए नभएको जाँच गरेको थियो । जाँचका क्रममा त्यस्तो जोखिम नदेखिएपछि ती गाडीलाई अनधिकृत स्थानमा पार्किङ गरिएको कारण आवश्यक कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथपठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ