प्रहरीलाई लागुऔषध नियन्त्रण उपकरण हस्तान्तरण

प्रहरीलाई लागुऔषध नियन्त्रण उपकरण हस्तान्तरण

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

महेन्द्रनगर, २९ असारः कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई लागुऔषध नियन्त्रणका लागि आवश्यक चेकजाँच उपकरण हस्तान्तरण गरेको छ ।

वाणिज्य सङ्घमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सङ्घका अध्यक्ष दिनेश मल्लले प्रहरीलाई ती उपकरण, पाँच थान साइकल, टर्चलाइटलगायतका सामग्री हस्तान्तरण गर्नुभयो ।

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी कोइरालाले समुदायको सुरक्षा र लागुऔषधविरुद्धको अभियानमा निजी क्षेत्रको सहभागिता प्रशंसनीय रहेको जनाउँदै हस्तान्तरण गरिएका सामग्रीले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणि गिरीले प्रहरीलाई प्राप्त उपकरणले लागुऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने हुँदा यस्ता कार्यमा समाजका सबै पक्षको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष दिनेश मल्लले युवापुस्ता लागुऔषधमा फसेकाले यसको नियन्त्रणका लागि सबैले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षा निकायसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “शान्ति, सुरक्षा र लागुऔषधमुक्त समाज निर्माणमा सङ्घले निरन्तर सहयोग गर्ने छ ।” सङ्घले प्रहरीलाई लागुपदार्थ सेवन चेकजाँचका लागि मासिक रुपमा १०० कीट प्रदान गर्ने समेत जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ