गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि

गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

मध्यविन्दु (नवलपरासी), २९ असारः गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन् । तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।

तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा एक हजार २९ जना सर्पदंशका घटना दर्ता भएका थिए भने ५२ जनामा विषालु सर्पदंश भएको थियो ।

यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले अन्य जिल्लाको तुलनामा यहाँ सर्पदंशका घटना बढी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताउनुभयो । उहाँका अनुसार सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

“सर्पदंशपछि बिरामीलाई सकेसम्म शान्त राखी तुरुन्त उपचारका लागि अस्पताल पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो, “समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिन्छ । वर्षायाममा खेतबारीमा काम गर्दा जुत्ता लगाउने, राति टर्चको प्रयोग गर्ने र घर वरिपरिको झाडी सफा राख्नेजस्ता सावधानी अपनाउन आवश्यक छ ।”

गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)पछि चालु आवमा तनहुँमा २७९, कास्कीमा १८७, स्याङ्जामा १७७, लमजुङमा ९३, म्याग्दीमा ५७, गोरखामा ४६, बागलुङमा ३८ र पर्वतमा १६ सर्पदंशका घटना दर्ता भएका छन् । मनाङ र मुस्ताङमा भने कुनै घटना दर्ता भएका छैनन् ।

प्रदेशस्तरको तथ्याङ्क हेर्दा पनि सर्पदंशका घटना क्रमशः घट्दो देखिएको छ । आव २०८२÷८३ मा गण्डकी प्रदेशभर एक हजार ५६० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्, जसमध्ये ९२ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।

अघिल्लो आव २०८१÷८२ मा प्रदेशभर दुई हजार २०१ सर्पदंशका घटना र १८६ विषालु सर्पदंशका बिरामी दर्ता भएका थिए । त्यस्तै आव २०८०÷८१ मा एक हजार ८७६, २०७९÷८० मा एक हजार ७२४ र २०७८÷७९ मा एक हजार ४४१ सर्पदंशका घटना अभिलेख भएका थिए ।

वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले सर्पदंशबाट बच्न व्यक्तिगत सावधानी अपनाउनुका साथै सर्पले टोकेपछि ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुग्नु नै ज्यान जोगाउने सबैभन्दा भरपर्दो उपाय भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ