पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

  • आइतवार, असार २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

पर्वत, २८ असारः कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो ।

बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पु¥याएको छ । मोदीखोलामा दिउँसो ३ः०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले खोला किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजानसमेत आग्रह गर्नुभयो ।

यसैगरी मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । खोलामा अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् । मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका हुन् ।

विद्युत् गृहमा बाढीसहित ढुङ्गा, बालुवालगायत वस्तु पसेर यहाँ रहेका उपकरणहरू बिग्रिने खतराले उत्पादन बन्द गरिएको तल्लो मोदी जलविद्युत् आयोजना जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेले जानकारी दिनुभयो । मोदीखोलाका पर्वत खण्डमा सुरक्षा सावधानीका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ