काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

  • शुक्रबार, असार २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, २६ असारः काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो ।

बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । सो क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेस गर्नुभएको थियो ।

पेस गरिएका विषयमाथि नगरसभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राख्नुभएको थियो ।

बैठकमा व्यक्त धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सभामा निर्णयार्थ पेस गर्नुभएको थियो । ती विधेयकसँगै सभाको पाँचौँ बैठकमा पेस भएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यले दिनुभएको सुझाव समेटेर निर्णयका लागि पेस भएका थिए ।

पेस भएका प्रस्ताव सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डङ्गोलले नगरसभाको बैठक सम्पन्न भएको घोषणा गर्नुभएको थियो । उहाँले स्वीकृत कार्यक्रमको सफल कार्यान्वयनबाट मतदाता, महानगरवासी र राजधानी सहर आश्रितको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव यही असार १ गतेको अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।

यस्तै, असार ४ गतेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आव २०८३/८४ का लागि काठमाडौँ महानगरपालिकाको रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव पेस गर्नुभएको थियो । सोही बैठकमा उहाँले आव २०८३/८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेस गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ