प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

  • बुधबार, असार २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ, २४ असारः प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् ।

नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गर्नुभयो । उहाँले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गर्नुभयो ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले यसअघिको पहिलो बैठकमा सांसद राईले सभामुखलाई लक्षित गरी बोल्नुभएका शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का परशुराम तामाङले नेपालले कुनै पनि मुलुकको सीमा मिच्ने कुनै काम नगरेको र छिमेकीसँगको मित्रता कायम गर्दै आएकाले मिचिएको भूमि फिर्ताको माग गरेको बताउनुभयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिका विषयमा जवाफ माग गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको र सरकारले सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले उठेका विषयमा सदनमा आएर स्पष्ट पार्न सभामुखले गरेको प्रयास सार्थक नभएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ