‘असारे घाँसे जुहारी’ सार्वजनिक

‘असारे घाँसे जुहारी’ सार्वजनिक

  • सोमवार, असार २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

काठमाडौँ, २२ असारः असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना । यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।

असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ढकालले प्रत्येक वर्ष असारे गीत सिर्जना गर्दै आउनुभएको छ । यसपालिको असारे गीतमा भने वैदेशिक रोजगारका लागि बाध्यताले गाँउघर र परिवार छोडेर जानुपर्ने बाध्यात्मक युवाको पीडा समेटिएको छ ।

विदेशिएका युवा असारे खेती गर्न बिदा मिलाएर फर्किएको प्रशंसा देखाउँदै किसानको जीवन र असारे महिनाको सांस्कृतिक उत्सव गीतमा रचनात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
ढकालले खेतमा धान रोप्दै युवायुवतीले देशको गरिबी, बेथिति, आर्थिक अभाव अन्त्य गर्ने जस्ता समसामयिक विषय गीतमा समेट्नु भएको छ । गीतकार ढकालकै शब्द र सङ्गीत रहेको म्युजिक भिडियोमा सरोज लामिछाने, सुरु गौतम र कोपिला तामाङ वाइबाको स्वर रहेको छ ।

त्यस्तै, मिलन श्रेष्ठको निर्देशन रहेको उक्त सिर्जनामा सरोज, सरु, कोपिलासहित पशुपति दाहाल, रामेश्वर ढुङ्गाना, सन्तोषी ढुङ्गाना, सुरज नेपाल, रोशन नेपाल, दीपक नेपालीले अभियन गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी