डोल्पाको गैरीगाउँमा बाढी पस्यो: एक जनाको मृत्यु, ६ जना घाइते

डोल्पाको गैरीगाउँमा बाढी पस्यो: एक जनाको मृत्यु, ६ जना घाइते

  • आइतवार, असार २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

अविरल वर्षाका कारण डोल्पाको जगदुल्ला गाउँपालिकामा आएको बाढीले जनधनको क्षति पुर्‍याएको छ । जगदुल्ला गाउँपालिका वडा नं. ५ गैरीगाउँमा शनिबार राति धुलाखोला तथा आसपासका खहरे खोलाहरूबाट आएको लेदोसहितको बाढी बस्तीमा पस्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना स्थानीय नागरिक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बाढीका कारण स्थानीय ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको हो । आइतबार बिहान करिब ३:०० बजे आएको बाढीमा परी घाइते भएकी विकको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले पुष्टि गर्नुभएको छ ।

बाढीमा परी सोही स्थानका अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेका छन् । बाढीको तीव्र बहावले करिब १५ देखि १६ मिटरसम्म बगाएका कारण घाइतेहरूको टाउको, ढाड तथा शरीरका विभिन्न अंगहरूमा चोट लागेको छ । घाइतेहरूको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ भने घाइतेमध्ये रेउली विकको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ ।

घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय नागरिकहरूको सक्रिय सहयोगमा प्रारम्भिक उद्धार कार्य सुरु गरेको थियो । परिस्थिति र क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै सुरक्षा निकायहरूबाट थप जनशक्ति परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घटनास्थलमा थप उद्धार, राहत तथा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा ५ जना, नेपाली सेनाको १० जना र सशस्त्र प्रहरी बलको ११ जनाको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षा निकाय र स्थानीय प्रशासनको टोलीद्वारा हाल घटनास्थलमा क्षतिको विस्तृत विवरण संकलन गर्ने तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ