न्यूरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना, पिज्जा बनाउने तेलमा भेटियो मरेको साङ्ला

न्यूरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना, पिज्जा बनाउने तेलमा भेटियो मरेको साङ्ला

  • शनिबार, असार २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा काठमाडौँको न्यूरोडस्थित एक रेस्टुरेन्टलाई साढे दुई लाख रुपैयाँ बराबरको जरिवाना र कारबाही गरेको छ ।विभागले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले  न्यूरोडमा सञ्चालित ‘कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रा. लि.’ मा आकस्मिक अनुगमन गरेको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको उक्त अनुगमनका क्रममा रेस्टुरेन्टको भान्सामा गम्भीर लापरबाही र अखाद्य वस्तुको प्रयोग भइरहेको फेला परेको हो ।

अनुगमनका क्रममा पिज्जा बेसमा प्रयोग गरिने तेलमा मरेको साङ्ला भेटिएको थियो । साथै म्याद नाघेको फ्रुट सिरप (स्क्वास) प्रयोग गर्ने गरेको, फ्रिजमा खाद्य वस्तुहरूको भण्डारण अत्यन्त अव्यवस्थित रहेको र खाना पकाउने तेलको TPM (Total Polar Materials) २२.० पाइएको र सरसफाइ सामान्य मात्र रहेको पाईएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा गम्भीर लापरबाही भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त रेस्टुरेन्टलाई तत्कालै रु. २ लाख १ हजार (दुई लाख एक हजार रुपैयाँ) जरिवाना गरेको हो ।यस्तै, टोलीले रेस्टुरेन्टमा भेटिएको म्याद नाघेको तथा पूर्ण लेभल विवरण नभएको २ बोतल स्क्वास (फ्रुट सिरप) तत्कालै नष्ट गरेको छ ।विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार रेस्टुरेन्टलाई अनुगमनका क्रममा देखिएका सम्पूर्ण कैफियत र कमजोरीहरू सुधार गरी ३ (तीन) दिनभित्र विभागमा प्रमाणसहित उपस्थित हुन कडा निर्देशन समेत दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ