ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • शुक्रबार, असार १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

उदयपुर (गाईघाट), १९ असार : मदन भण्डारीमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ फुस्रे अधेरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

गाईघाटबाट उदयपुरगढी–३ तर्फ गइ रहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका–३ बस्ने वर्ष २८ की मुना विकको उपचारका क्रमा जिल्ला अस्पताल उदयपुरमा मृत्यु हो ।

प्रदेश–०१–००८६प९०७६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका मोटरसाइकल चालक यमबहादुर विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते चालक यमबहादुरको भने हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–१ का खड्गबहादुर खड्कालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ