नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन श्रावण २ गते हुने

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन श्रावण २ गते हुने

  • बिहिबार, असार १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ । नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन यहि आउँदो ने.सं.११४६ दिल्लाथ्व पञ्चमी श्रावण २ गते शनिवार हुने भएको छ ।

काठमाडौं जिल्लाको अधिवेशन गर्न नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितको संयोजकत्वमा सहसचिव प्रजित शाक्य र सुनिता महर्जन सम्मिलित तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको पत्रकार दबूका महासचिव केके मानन्धरले जानकारी दिनुभयो ।

दबूको केन्द्रीय महाधिवेशन भदौ १९ र २० गते गोरखा जिल्ला भिमसेन गाउँपालिका ५ मिलनवस्तीमा हुने निश्चित भएपश्चात सम्पूर्ण जिल्लाहरुलाई असार १५ गते भित्र जिल्ला अधिवेशन गर्न परिपत्र भएकोमा अन्य जिल्लाले अधिवेशन सम्पन्न गरिसकेको छ भने काठमाडौं जिल्लामा अधिवेशनको कुनै तयारी नभएको कारण केन्द्रले तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको हो । त्यसका लागि नयाँ दर्ता र नविकरण कार्य सुरु भइसकेको समेत महासचिव मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म पच्चीस जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ देशमा विदेश विभाग गठन गरी संयोजकको समेत जिम्मेवारी दिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ