वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक

वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक

  • बुधबार, असार १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

वीरगञ्ज (पर्सा), १० असारः वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु चार अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ ।

आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले रु चार अर्ब ४२ करोड ३४ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गर्नुभयो ।

प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ रु एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ रु पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ । त्यसैगरी चालु खर्चतर्फ रु दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ । सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट रु एक अर्ब ४८ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट रु २४ करोड ६८ लाख ८३ हजार रूपैयाँ छ । प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु पाँच करोड २८ हजार तथा प्रदेश राजस्व बाँडफाँटबाट रु एक करोड ६७ लाख १४ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यसअघि नगरसभामा कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु ४५ करोड, गत वर्षको नगद मौज्दातबाट रु चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड रूपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ । आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

आज प्रस्तुत वीरगञ्ज महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी