सांसद निर्मला लिम्बुलाई पदमुक्त गर्ने तयारी: जसपा नेपाल

सांसद निर्मला लिम्बुलाई पदमुक्त गर्ने तयारी: जसपा नेपाल

  • बुधबार, असार १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी प्रदेशसभाकी सांसद निर्मला लिम्बुलाई पदमुक्त गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले पार्टी विभाजन सम्बन्धी विवादमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको पक्षमा फैसला सुनाएपछि पार्टीले लिम्बुलाई हटाउने तयारी थालेको हो । अशोक राई नेतृत्वको समूहले पार्टी फुटाउँदा सांसद लिम्बुले राईको पक्षमा सनाखत गरेकी थिइन् ।

न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले निर्वाचन आयोगको निर्णय उल्ट्याउँदै उपेन्द्र यादव नेतृत्वको पार्टीलाई नै आधिकारिकता दिएको थियो । अदालतको यो फैसलासँगै अर्को पक्षमा लागेका जनप्रतिनिधिहरूमाथि कारबाही गर्ने बाटो खुलेको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार अदालतको पूर्ण पाठ प्राप्त भए लगत्तै पार्टी विभाजनमा संलग्न कोसी र लुम्बिनी प्रदेशका सांसददेखि स्थानीय तहका जनप्रतिनिधिसम्मलाई स्पष्टीकरण सोधिनेछ । चित्तबुझ्दो जवाफ नआए पद खारेजीका लागि निर्वाचन आयोगमा लेखी पठाइने उहाँले बताउनुभयो ।

जसपा नेपाल कोसी प्रदेशका अध्यक्ष दीपक याक्खाले सांसद लिम्बुलाई अनुशासनको कारबाही गरी हटाउने निश्चित रहेको र पूर्ण पाठ पर्खिरहेको स्पष्ट पार्नुभएको छ । यस्तै, केन्द्रीय सदस्य जयराम यादवले लिम्बुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख गर्नुभएको छ । कोसी प्रदेशसभामा जसपा नेपालकी एक मात्र सांसद रहेकी लिम्बुले २०८१ जेठ १ गते अशोक राईको दलमा सनाखत गरेकी थिइन् । पार्टीले कारबाहीको तयारी गरेपछि सांसद लिम्बुले भने कानुनी उपचारका लागि अदालत जाने बताएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी