राहदानी ठेक्का प्रकरण: पूर्वपरराष्ट्रमन्त्री आरजु राणालाई अख्तियारको पत्र, ४ जना हिरासतमा

राहदानी ठेक्का प्रकरण: पूर्वपरराष्ट्रमन्त्री आरजु राणालाई अख्तियारको पत्र, ४ जना हिरासतमा

  • बिहिबार, असार ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

राहदानी (पासपोर्ट) छपाइको ठेक्का प्रक्रियामा भएको भनिएको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि अनुसन्धान सुरु गरेको छ। यसै सिलसिलामा अख्तियारले उनलाई सोधपुछका लागि हाजिर हुन म्याद तामेली (सूचना जारी) गरेको छ।

बूढानीलकण्ठ पुगेर बुझाइयो पत्र
गएको मंगलबार अख्तियारका कर्मचारी र प्रहरीको टोली म्याद तामेलीका लागि बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो। सुरुमा त्यहाँ कोही नभेटिएपछि बूढानीलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई फोनमार्फत जानकारी गराएका थिए। भानु देउवाले पत्र पठाइदिन आग्रह गरेपछि उनैमार्फत आरजुको नामको म्याद बुझाइएको हो।

पत्रमा के छ?
राहदानी छपाइको विषयमा भइरहेको अनुसन्धानका लागि थप बुझ्न आवश्यक देखिएकाले अख्तियारमा हाजिर हुन पत्रमा भनिएको छ। हाल आरजु आफ्ना पति शेरबहादुर देउवासहित हङकङमा छिन्।

के हो आरोप?
आरजु राणा परराष्ट्रमन्त्री रहेका बेला राहदानी छपाइको ठेक्का प्रक्रिया अघि बढेको थियो। उक्त ठेक्कामा मिलेमतो गरी बढी मूल्य कायम गरेर भ्रष्टाचार गरिएको आरोपमा अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ।

४ जना हिरासतमै, अन्यमाथि पनि छानबिन
यही प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले राहदानी विभागका महानिर्देशकसहित चार जनालाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ। हिरासतमा रहेकाहरू:

तीर्थराज अर्याल – महानिर्देशक, राहदानी विभाग

सुनिल कुमार केसी – निर्देशक, राहदानी विभाग

तुलसीप्रसाद आचार्य – तत्कालीन लेखा अधिकृत, राहदानी विभाग

मनिन्द्रराज मल्ल – प्रमुख कार्यकारी अधिकृत, नमस्ते ग्लोबल कम प्रालि (ठेक्का पाउने जर्मन कम्पनी ‘म्युहलबाहुर आइडी सर्भिस’का नेपाली एजेन्ट)

अख्तियारले यस ठेक्कापट्टा र प्रक्रियामा जोडिएका अन्य कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूमाथि पनि निगरानी बढाउँदै अनुसन्धानलाई तीव्र पारेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी