प्रतिनिधिसभा बैठक : प्रतिपक्षीदलले उठान गरेका विषय पूरा गर्न माग

प्रतिनिधिसभा बैठक : प्रतिपक्षीदलले उठान गरेका विषय पूरा गर्न माग

  • बिहिबार, असार ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ, ४ असारः प्रतिनिधिसभाको आजको बैठक सुरुआत हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध जनाउनुभयो ।

यसपछि सभामुख सभामुख डोलप्रसाद अर्यालले उहाँहरुलाई भनाइ राख्न समय दिनुभयो ।

यसक्रमा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन, मानवअधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत अन्य विषयमा पटक–पटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराइए पनि कार्यान्वयन नगरिएको गुनासो गर्नुभयो ।

नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले गत जेठ १७ गते प्रधानमन्त्रीले सदनमा दिनुभएको अभिव्यक्तिप्रति असहमति जनाउनुभयो ।

सोही पार्टीका सांसद ऐन महरले सदनका गरिमा कायम राख्नु सांसद र सरकार दुवैको साझा दायित्व भएकामा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले संसद् उठाएका प्रश्नको उचित सम्बोधन नभएको गुनासो गर्नुभयो ।

श्रम संस्कृति पार्टी सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन र उपभोक्तामाथि थप आर्थिक भार पर्न नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ