कर्णाली रास्वपामा विवाद चर्कियो: सभापतिका उम्मेदवार एनके बस्नेतद्वारा मतदान बहिष्कार

कर्णाली रास्वपामा विवाद चर्कियो: सभापतिका उम्मेदवार एनके बस्नेतद्वारा मतदान बहिष्कार

  • मङ्लबार, असार २, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज भएको मतदान प्रक्रियालाई सभापतिका उम्मेदवार नन्दकिशोर (एनके) बस्नेतले बहिष्कार गर्नुभएको छ। वीरेन्द्रनगरमा जारी अधिवेशनमा उम्मेदवारी दर्ता र प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढेपछि बस्नेतले मतदान प्रक्रियामा असहमति जनाउँदै बहिष्कार गर्नुभएको हो।

गत आइतबारदेखि सुरु भएको अधिवेशनको कार्यतालिका अनुसार सोमबार नै मतदान हुनुपर्ने भए तापनि प्रतिनिधि छनोट र उम्मेदवारी दर्ताका क्रममा देखिएको विवादका कारण निर्वाचन आज मंगलबार मात्र सुरु भएको थियो।

उम्मेदवार बस्नेतले दरखास्त नै नदिएका व्यक्तिको नाम अन्तिम नामावलीमा समावेश गरिएको र महिला क्लस्टरको संख्यामा विना आधार थपघट गरिएको आरोप लगाउनुभएको छ। पार्टीभित्रै छलफल गरेर विवाद टुङ्ग्याउने सहमति भए पनि बहुमतको बलमा निर्वाचन अघि बढाइएको र पार्टीको नीति विपरीत ‘मदन खड्का प्यानल’ भन्दै गुटगत लिस्ट सार्वजनिक गरिएको भन्दै बस्नेतले असन्तुष्टि पोख्नुभएको हो। आफूले निर्वाचन प्रक्रिया र कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको र यसबारे पार्टीको केन्द्रीय विभागमा लिखित उजुरी दिएको बस्नेतले जानकारी दिनुभयो।

यता, निर्वाचन समितिले भने उम्मेदवार बस्नेतले लगाएका आरोपहरूको पूर्ण रूपमा खण्डन गरेको छ। निर्वाचन समितिका संयोजक बीपी दाहालले पार्टीको स्थापित कार्यविधि र नियमावलीमा टेकेर नै निर्वाचन प्रक्रिया अगाडि बढाइएको दाबी गर्नुभयो। प्रारम्भिक नामावली सार्वजनिक गर्दा छुटेका नामहरू दाबी-विरोधको प्रक्रियामार्फत अन्तिम नामावलीमा आउनु स्वाभाविक भएको दाहालको भनाइ छ।

संयोजक दाहालले एउटा व्यक्तिको असहमति वा बहिष्कारका कारण ठुलो संख्यामा उपस्थित मतदाताको अधिकार रोक्न नमिल्ने उल्लेख गर्दै निर्वाचन सुचारु गरिएको बताउनुभयो। बस्नेतलाई धेरै सम्झाइ-बुझाइ गर्दा पनि नमानेको भन्दै समितिले पार्टीको विधि र आचारसंहिता बमोजिम नै सिटी हलमा मतदान सम्पन्न गराएको छ। निर्वाचन समितिले मतदान कार्य सकिएको र केही बेरमै मतगणना सुरु गरिने तयारी भइरहेको समेत जानकारी दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ