गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

  • सोमवार, असार १, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

गण्डकी, १ असारः गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३/८४ का लागि कूल रु ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले चालुतर्फ रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पुँजीगततर्फ रु २० अर्ब दुई करोड ६१ लाख २२ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । यो चालुतर्फ कूल विनियोजनको ३८ दशमलव ५६ र पुँजीगततर्फ ६० दशमलव ६८ प्रतिशत हो । उहाँका अनुसार वित्तीय व्यवस्थातर्फ रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिलामन्त्री शेरचनले बजेट वक्तव्यमा आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हने वित्तीय समानीकरणबाट रु सात अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट रु १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट रु ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ रु तीन अर्ब ९३ करोड तीन लाख, समपूरक अनुदानतर्फ रु ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ रु ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट रु पाँच अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री शेरचनले जानकारी दिनुभयो । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात् रु दुई अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ । यसरी न्यून हुने रकम रु एक अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ