‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’

‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’

  • सोमवार, असार १, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ, १ असारः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटको प्रभावकारी कार्यान्वयन गर्न स्रोत निश्चित गर्न सुझाव दिनुभएको छ ।

आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँहरुले बजेटको कार्यान्वयन क्षमता, आर्थिक वृद्धिको आधार, कृषि क्षेत्रको प्राथमिकता तथा सामाजिक न्यायका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा सहभागी सांसद कृष्णबहादुर रोकायले बजेट रूपान्तरणकारी हुने अपेक्षा गरिए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटमा नयाँ र आकर्षक कार्यक्रम समावेश गरिए पनि गहिराइमा विश्लेषण गर्दा उत्साहित हुन सकिने अवस्था रहेको छैन ।”

सांसद उर्मिला अर्यालले सरकारले आगामी वर्ष सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखे पनि कुन क्षेत्रबाट कति योगदान प्राप्त हुने भन्ने स्पष्ट छैन भन्नुभयो । उहाँले भन्नुभयो, “बजेटले रोजगारी सिर्जना र बेरोजगारी समस्या समाधानका विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सकेको छैन ।”

सांसद प्रेमप्रसाद दङ्गालले करका दर हेरफेरसँग सम्बन्धित विषयमा संसदीय छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “समाजवादी बजार अर्थतन्त्र, समाजवादउन्मुख अर्थतन्त्र, मिश्रित अर्थतन्त्र वा नवउदारवादी अर्थतन्त्रमध्ये कुन आधारमा बजेट निर्माण गरिएको हो भन्ने स्पष्ट हुनुपर्छ ।”

सांसद पूजा चौधरीले स्रोतको स्पष्ट आधारबिना बजेट निर्माण गरिएकाले कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवामा कर लगाइए उपचार खर्च महँगो हुन सक्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ