काठमाडौँ महानगरपालिकाले विद्यालय र सामुदायिक अध्ययन केन्द्रमा स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ महानगरपालिकाले विद्यालय र सामुदायिक अध्ययन केन्द्रमा स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने

  • सोमवार, असार १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १ असारः काठमाडौं महानगरपालिकाले विद्यालय र सामुदायिक अध्ययन केन्द्र लगायतका स्थानमा स्वास्थ्यकर्मीसहितको प्राथमिक स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा लागू गर्ने उद्देश्यअनुरुप सो कार्यक्रम लागू हुन लागेको हो ।
पहिलो चरणमा दिवा शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन गर्ने र विद्यालय शिक्षालाई अनुसन्धानमूलक बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने उल्लेख छ ।

विद्यार्थीको सृजनशील सिकाइ र सीप विकासका लागि विद्यालयमा सीप तथा सृजनात्मक शुक्रबार कार्यक्रम सञ्चालन गरी पाठ्यक्रममा आधारित खेलकुद लगायत अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिने कार्यक्रममा जनाइएको छ ।

महानगरले सबैका लागि शिक्षा तथा समावेशी शिक्षाको सुनिश्चित गर्न अटिजम, डाउन सिन्ड्रोमलगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय, ज्येष्ठ नागरिक तथा गृहिणी विद्यालय र वैकल्पिक विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गरी अन्तरपुस्ता क्रियाकलापलाई प्रवद्र्धन गर्ने पनि जनाएको छ ।

यसैगरी, विद्यालयको असल अभ्यास तथा अनुभव आदानप्रदान गर्न विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्ने, भाषा, संस्कृति, सम्पदा, पर्यटन र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न काठमाडौँ महानगरपालिकाले स्वनिगः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्ने, खेलाडीलाई ऊर्जाशील तथा व्यावसायिक बनाउन महानगरले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने साथै खेल प्रतिभा पहिचान गरी सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी