स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

  • सोमवार, असार १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ, १ असारः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटघाट गर्नुभयो ।

सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणका साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि मन्त्री मेहताले प्रशंसा गर्नुभयो ।

सो अवसरमा जर्मनी सरकारका तर्फबाट राजदूत भोल्जले हालको परिस्थितिमा सरकारको प्राथमिकताका क्षेत्रमा अझ सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटघाटमा जर्मनका तर्फबाट केएफडब्ल्यु जिआइजेड र पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ