दार्चुलामा भारतीय हेलिकोप्टर अवतरण भएकोबारे सरकारसँग नेकपाद्वारा जवाफ माग

दार्चुलामा भारतीय हेलिकोप्टर अवतरण भएकोबारे सरकारसँग नेकपाद्वारा जवाफ माग

  • सोमवार, असार १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको घटनालाई लिएर सरकारको आधिकारिक धारणा माग गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले उक्त गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो। भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै उहाँले सरकारले यसबारे संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग गर्नुभयो।

“भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको भूमिमा अवतरण गरेको र त्यसमा भारतीय सुरक्षा निकायका प्रमुख व्यक्ति सवार रहेको भन्ने समाचार आएको छ,” संसद्‌मा बोल्दै सांसद दुलालले भन्नुभयो, “यस संवेदनशील विषयमा सरकारको स्पष्ट जवाफ चाहिन्छ।”

यसका साथै, सांसद दुलालले सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको हालैको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको आरोप समेत लगाउनुभयो। उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्‌मै आएर स्पष्टीकरण दिनुपर्ने आफ्नो पार्टीको अडान यथावत् रहेको उहाँले स्पष्ट पार्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी