लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

  • आइतवार, जेष्ठ ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, ३१ जेठः लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ । कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव रेग्मीले एक पटकका लागि शैक्षिक योग्यतामा सुविधा दिने, पुरानालाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा गर्ने भन्ने विषयलाई आयोगले स्वीकार नगर्ने बताउनुभयो । “त्यो भनेको प्रतिस्पर्धात्मक सिद्धान्तका विपरीतका विषयहरू हुन्, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता लोक सेवा आयोगको मूल मर्म हो”, उहाँले भन्नुभयो ।

‘लोक सेवा आयोगको प्रतिबद्धता, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता’ लाई आयोगले मूल मन्त्र मानेको उहाँको भनाइ छ ।

आयोगले नेपालको संविधानअनुसार निजामतीका साथै सरकारी र सुरक्षा निकाय र सङ्गठित संस्थाहरूको पनि पदपूर्तिको जिम्मेवारी बहन गर्दै आइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

“सबैभन्दा सम्मानित र सबैको विश्वास आर्जन गरेको संस्था भएको हुनाले यसलाई निजामती मात्रै होइन, अब सङ्गठित संस्था र सुरक्षा निकायको पनि जिम्मेवारी दिनुपर्छ भनेर नेपालको संविधानले सङ्गठित संस्था र सुरक्षा निकायको समेत चाहिँ जिम्मेवारी आयोगलाई दिएको छ,” उहाँले भन्नुभयो ।

प्रभातफेरीमा आयोगका सदस्य र कर्मचारीहरूको सहभागिता थियो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ