जेष्ठ २९,काभ्रे — काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घटनास्थलबाट ७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए । बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline