पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा २५ जना स्थानीयलाई १८ दिने विपद् स्वयंसेवक तालिम सुरु

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा २५ जना स्थानीयलाई १८ दिने विपद् स्वयंसेवक तालिम सुरु

  • बिहिबार, जेष्ठ २८, २०८३
  • ​रबिन्द्र यादव

  • 1.3K
    SHARES

पश्चिम नवलपरासी,  २८ जेठ: समुदायलाई विपद् प्रकोपबाट सुरक्षित बनाउन, आपतकालिन प्रतिकार्य प्रणालीलाई सुदृढ गर्न र संकटका बेला समयमै प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यका साथ पश्चिम नवलपरासीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका र सरावल गाउँपालिकाको समन्वय एवं सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो । गण परिसर भित्रै आयोजित यस विशेष तालिममा तीनवटै स्थानीय तहका गरी कुल २५ जना स्थानीय व्यक्तिहरूको सहभागिता रहेको छ,जसलाई विनाशकारी विपत्तिमा प्रतिकार्यका लागि क्षमतायुक्त र दक्ष बनाउन आधारभूत ज्ञान तथा सिप प्रदान गरिनेछ ।

तालिमको सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीको प्रमुख आतिथ्यतामा विधिवत् रुपमा समुद्घाटन गरिएको हो भने कार्यक्रममा रामग्राम, पाल्हिनन्दन र सरावलका विपद् व्यवस्थापन शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । यही जेठ २८ गतेदेखि सुरु भएको यो तालिम आगामी असार १७ गते समापन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ