राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण

  • बिहिबार, जेष्ठ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौँ, २८ जेठः राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा समय माग गर्दै उहाँले राष्ट्रियसभा विशेष प्रकृतिको भएकाले अनिर्णयको बन्दी बनाएर राख्न नहुने उल्लेख गर्दै सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा यही जेठ १७ गते दिनुभएको अभिव्यक्तिले वैदेशिक हस्तक्षेप बढाउने भएकाले तत्काल यसबारेमा प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।

नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दङ्गालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिले परराष्ट्र नीतिमा असर पर्ने भन्दै सिमानाको विषय राष्ट्रियतासँग जोडिएको हुनाले प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको संरक्षणमा सबैले ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले बोल्नुभएको कुरा कानुन बन्ने भएकाले गम्भीर भएर बोल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले यही जेठ १७ गतेदेखि अवरुद्ध संसद् आज परराष्ट्रमन्त्रीबाट केही जवाफ आएपछि अघि बढेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्रीले सीमाका बारेमा दिनुभएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गर्नुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ