इरानी सेना र आईआरजीसीद्वारा अमेरिकी सैन्य ठेगानाहरूमा भीषण आक्रमण

इरानी सेना र आईआरजीसीद्वारा अमेरिकी सैन्य ठेगानाहरूमा भीषण आक्रमण

  • बिहिबार, जेष्ठ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

इरानी सेना र इस्लामिक रिभोलुसन गार्ड्स कर्प्स (आईआरजीसी) ले क्षेत्रका विभिन्न अमेरिकी सैन्य बेस तथा सुविधाहरूमा ठुलो मात्रामा आक्रमण गरेका छन्। हालैका दिनमा अमेरिकाले गरेकाे भनिएको सैन्य आक्रामक कदमको जवाफमा इरानले यो कारबाही गरेको दाबी गरेको छ।

बिहीबार बिहान सबेरै दुई चरणमा गरिएकाे सैन्य अपरेसनका क्रममा आईआरजीसीको एयरोस्पेस फोर्स र नेभीले अली सालेम, अहमद अल-जाबेर तथा शेख इसा एयर बेसमा रहेका १८ वटा महत्त्वपूर्ण अमेरिकी सैन्य लक्ष्यहरूलाई ध्वस्त पारेको आईआरजीसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बन्दर अब्बास विमानस्थल क्षेत्र, इरानी प्रहरी कमाण्ड तथा आईआरजीसीका तटीय आउटपोस्टहरूमा अमेरिकी सेनाले गरेको आक्रमणको बदलास्वरूप यो सजाय दिइएको इरानको भनाइ छ।

यसैबिच, इरानी सेनाले पनि एक छुट्टै विज्ञप्ति जारी गर्दै अमेरिकाले युद्धविराम उल्लंघन गरी इरानको दक्षिणी क्षेत्रमा अतिक्रमण गरेपछि बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ फ्लीट (Fifth Fleet) लाई निसाना बनाएको जनाएको छ। सेनाका अनुसार विभिन्न प्रकारका विनाशकारी ड्रोनमार्फत गरिएको उक्त आक्रमणमा पाँचौँ फ्लीटको पेट्रियट वायु रक्षा प्रणाली (Patriot air defense system) को सञ्चार एन्टेना र राडार जडानहरू ध्वस्त पारिएको छ।

इरानी सशस्त्र बलले देशको सार्वभौमसत्ता रक्षाका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको र आक्रामक पक्षलाई सजाय नदिएसम्म पछि नहट्ने चेतावनी समेत दिएको छ। यस क्षेत्रमा बढेको सैन्य तनावले मध्यपूर्वको सुरक्षा स्थिति थप संवेदनशील बनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी