प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

  • बुधबार, जेष्ठ २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौँ, २७ जेठ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विवाद उत्पन्न भएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले नै सदनमा आएर जवाफ दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राईले संसद्प्रति सरकार उत्तरदायी हुनैपर्ने जिकिर गर्नुभयो । सत्तापक्ष र विपक्षीबीच सहमतिको प्रयासका कारण बिहान ११ः०० बजेका लागि प्रतिनिधिसभाको आजको बैठक अहिले १५ः१५ बजे सुरू भएको थियो ।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ