नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

  • मङ्लबार, जेष्ठ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, २६ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिुनभएको हो । प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्नुभएको थियो । गृहमन्त्री गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ भने नवपवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ