बाजुरामा मदिरा सेवनपछि विवाद: ढुङ्गा प्रहारबाट एक जनाको घटनास्थलमै मृत्यु

बाजुरामा मदिरा सेवनपछि विवाद: ढुङ्गा प्रहारबाट एक जनाको घटनास्थलमै मृत्यु

  • बिहिबार, जेष्ठ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

बाजुरा, २१ जेठ । बाजुराको बूढीनन्दा नगरपालिकामा मदिरा सेवनपछि दुई जनाबीच भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र रावतको ढुङ्गा प्रहारबाट स्थानीय नीर रावतको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान स्थानीय एक होटलमा दुवै जनाले सँगै मदिरा सेवन गरेका थिए। मदिराले मातेका उनीहरूबीच सामान्य विषयमा विवाद सुरु भएको र सोही क्रममा टेकेन्द्रले नीरमाथि ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गाले टाउकोमा लागेर नीरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र स्थानीय चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। घटनामा संलग्न टेकेन्द्र रावतलाई नियन्त्रणमा लिने र थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ