राष्ट्रिय सभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

राष्ट्रिय सभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

  • बुधबार, जेष्ठ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज मध्यान्ह सवा १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा बजेटमाथिको छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तो छ आजको कार्यसूची:

* विधेयक प्रमाणीकरणको जानकारी: बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सदनलाई जानकारी गराउनुहुनेछ ।
* बजेटमाथि छलफलको प्रस्ताव: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
* बजेट छलफल प्रारम्भ: अर्थमन्त्रीको प्रस्तावसँगै आजैदेखि आर्थिक वर्ष २०८३-०८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
* नयाँ विधेयक प्रस्तुत: बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत भएपछि त्यसमाथि केन्द्रित रहेर राष्ट्रिय सभामा आजदेखि औपचारिक बहस सुरु हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ